दफा १७३
नेपाल सरकारको स्वामित्वमा रहेका संस्थान कम्पनीमा परिणत हुन सक्ने
(१) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहने गरी प्रचलित कानून बमोजिम संस्थापित सार्वजनिक संस्थान वा विकास समिति ऐन, २०१३ बमोजिमको विकास समितिलाई नेपाल सरकारले कम्पनीमा परिणत गर्न चाहेमा यस ऐन अनुसार त्यस्तो संस्थान वा समितिलाई पब्लिक कम्पनीमा परिणत गरी संस्थापना गर्न सकिनेछ ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको कम्पनी संस्थापना गर्दा संस्थापक शेयरधनीको सङ्ख्यामा कुनै बन्देज रहने छैन ।
(३) उपदफा (१) बमोजिमको संस्थान वा समितिको चल अचल सम्पत्ति मूल्याड्ढन गरी उपदफा (१) बमोजिम संस्थापना हुने कम्पनीको शेयर पुँजीमा परिणत गर्न सकिनेछ र त्यसरी परिणत भएमा नियमावलीमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो संस्थान वा समितिको सम्पूर्ण जायजेथा र दायित्व त्यस्तो कम्पनीमा सर्नेछ ।
(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम संस्थापित कम्पनीको सञ्चालक सङ्ख्या कम्पनीको नियमावलीमा तोकिए बमोजिम हुनेछ र त्यस्ता सञ्चालकले सञ्चालक हुनको लागि शेयर लिनु पर्ने छैन ।
(५) यस दफा बमोजिमको कम्पनीले आफ्नोशेयर निजी क्षेत्रलाई धितोपत्र बजार मार्फत वा वार्ताबाट सोझै एकमुष्ट बिक्री वितरण गर्न सक्नेछ ।